बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

Friday, October 26, 2018

भवानीपट्ना, ९ कात्तिक (रासस÷एएनआई) ।
    भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयवासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो ।
    परमानन्दलाई स्थानीयवासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन ।