पशु बलिमा बृद्धि हुँदै !

Sunday, October 28, 2018

    हालै सम्पन्न वडा दशैंको अवसरमा सप्तरीमा मात्र ५० हजार बली पशुहरुको बलि प्रदान भएको छ । यो संख्या हरेक वर्ष बृद्धि हुँदै गइरहेको छ । जिल्लाको विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा दिइने पशु बलिमा बृद्धि भएको हो । यस वर्ष सप्तरीको विभिन्न मठ मन्दिरहरुमा पशु बलीमा बृद्धि हुनुका साथै राँगाको बली समेतमा बृद्धि भएको छ । भारदहको कंकालिनी मन्दिरमा दशैंको नवमीका दिन राँगाको बली प्रदान गरिन्छ । यस वर्ष विगतका वर्ष भन्दा बढी राँगाको बलि प्रदान भएको छ ।
    यता विगतका केही वर्षदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पशु बलिको विरोध हुँदै आए पनि यसरी पशु बलिमा बृद्धि हुनुले अहिले पनि पशुको बलि दिएमा भाकल पुरा हुने जनविश्वास रहेको छ । यद्दपी पशु बलिले समाजमा नकारात्मक सन्देश दिने गरेको भन्दै विभिन्न संघसस्थाहरुले त्यसको  बिरोध गर्दै आइरहेका छन् । यसअघि बाराको गढीमाईमा राँगाको बलि रोक्न अदालतले आदेश समेत दिएको थियो । 
    तसर्थ पशु बलि सदिऔदेखी चलिआएको परम्परालाई न्युनिकरण गर्नका लागि बिस्तारै समय लाग्छ तर समाप्त पार्न सकिन्न् ।