गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित

Sunday, November 04, 2018

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक 
    गैर सरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा पुनः शम्भुनन्द चौधरी निर्वाचित भएका छन् । चौधरीको यो दोश्रो कार्यकाल हो । 
    गैसस महासंघको आइतबार सम्पन्न ९ औं अधिवेशनको बन्द सत्रबाट शम्भुनन्द चौधरी सर्वसम्मतबाट चयन भएका हुन् । 
    सम्पन्न बन्द सत्रबाट १७ सदस्यीय कार्य समिति समेत चयन भएको छ । चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा दिपककुमार झा, सहसचिवमा रुनिका राम र कोषाध्यक्षमा बौवालाल यादल चयन भएका छन् । 
    भ०त्यस्तै सदस्यहरुमा इन्द्रप्रसाद राम, जितेन्द्र प्रसाद देव, उपेन्द्र साह, नवीन नरसिंह नेपाली, पार्थो सरकार, राजेश कुमार राम, सत्वान कुमार सिंह, शक्तिराम यादव, ललितादेवी मण्डल, शुरमिला कुमारी चौधरी, सुमिता कुमारी साह र सरिता कुमारी साह चउन भएका छन् । 
    यसअघि शनिबार पहिलो नागरिक सम्मेलन तथा ९ औं गैससको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अधिवेशनको प्रदेश नं. २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका थिए ।