छलफलकै क्रममा राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

छलफलकै क्रममा राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

Friday, November 16, 2018

दैनिक समाचारदाता
सर्लाही, ३० कात्तिक ।
    राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उनकै गाउँमा एक समूहले कुटपिट गरेको छ । सो कुटपिटबाट पासमानको शरीरमा चोट लागेको छ । 
    सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुरमा छलफल कार्यक्रममा सो समूहले पासमानलाई कुटपिट गरेको हो । 
    संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद पासमानले छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि ज्यान मार्ने किसिमले आक्रमण गरेको जनाइएको छ । 
    यता राष्ट्रियसभा सदस्य पासमान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । 
    संघका जिल्ला अध्यक्ष हेमन पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको हो । 
    यस्तै संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।