देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित 

देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित 

Sunday, November 18, 2018

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    दाङको घोराही सिमेन्ट देशमै धेरै कर बुझाउने उद्योगबाट सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित समारोहमा उद्योगलाई सम्मान गरिएको हो । 
    सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भयो ।
    नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।
    स्थापनाकालदेखी हालसम्म समयमै मूल्य अभिबृद्धी कर विवरण र कर बुझाएका करतादा मध्ये वितेको आर्थिक बर्ष २०७३÷२०७४ मा सबै भन्दा बढी मूल्य अभिबृद्धी कर दाखिला गरेको विभागले जनाएको छ । 
    आन्तरिक राजश्व विभागले हरेक बर्ष मंसिर १ गतेका दिन कर दिवस साताव्यापी रुपमा मनाउँदै आएको छ । सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमा उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको छ ।