खेलकुद गतिविधीमा तिब्रता ल्याउन  निकाय आफै अग्रसर हुनु जरुरी

Wednesday, November 21, 2018

    कुनै समय सप्तरी खेलकुदको क्षेत्रमा अब्बल रहेको थियो । तर, अहिले जिल्ला सो क्षेत्रमा खासै प्रगति र उन्नती गरेको अवस्था देखिदैन् । यसको कारण के हुन सक्छ भन्ने जिज्ञास सम्पूर्ण जिल्लावासीमा अहिले उब्जिएको छ । खेलकुदको साख खस्किदै गएको प्रति सबै भन्दा पहिला राजनीतिक अस्थिरता र सम्बन्धित निकायको वेवास्ता र खेलकुद मैदानको अभाव नै बुझ्नुपर्दछ । कीन भने यस जिल्लामा राष्ट्रिय स्तरको खेलकुद हुन नसक्नु र उदयमान खेलाडीहरुलाई उचित सम्मान र सम्बद्र्धन गर्न नसक्नु हो । जिल्लामा विभिन्न खेलका खेलाडीहरु जन्मन्छन् तर, उनीहरुको क्षमता र अभिबृद्धि गराउनेतर्फ जिल्ला खेलकुद विकास समितिले ध्यान दिन सकिरहेको देखिदैन् । जसकारण आफ्नो जन्मभूमि छोडेर अर्कै स्थानलाई कर्मभूमी बनाउन उनीहरु बाध्य छन् । 
    जेहोस् अहिले पनि जिल्लाको खेलकुद क्षेत्रलाई  विकासतर्फ डो¥याउन सक्छौं । मात्र सम्बन्धित निकायले थारै ध्यान पु¥याउनु आवश्यक छ । खेलाडीहरुलाई सम्मान तथा उनीहरुको खेललाई प्रोत्साहन गर्न खेल अभिबृद्धि कार्यक्रमलाई उचित ढंगले परिचालन गर्नु हो । जिल्लाको सम्पूर्ण क्षेत्रबाट प्रतिभाशाली खेलाडीलाई छनौट गरि उनीहरुलाई खेलमा मात्र अब्बल बनाउन जरुरी छ । खेलाडी निर्माण भएपछि माथिल्लो निकायबाट भौतिक संरचना र खेलाडीको सामाग्रिका पहल गर्न सजिलो हुन्छ । 
    तसर्थ जिल्लाको खेलकुद गतिविधीमा तिब्रता ल्याउन जिम्मेवार निकाय नै अग्रसर हुनु आवश्यक छ । अनि मात्र अन्य निकायले समेतले त्यसलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा दुई मत नहोला !