डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु

Saturday, November 24, 2018

    राजविराज÷डाकनेश्वरी नगरपालिकामा शनिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । 
    गोल्डेन क्रिकेट क्लब बनौलाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको लौकही क्रिकेट क्लबले सप्तरीको अर्नाहा क्रिकेट क्लबलाई एक विकेटले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ । 
    प्रतियोगितामा नेपाल र भारतका गरि १६ वटा टिमको सहभागिता छ । यसअघि आयोजक समितिका अध्यक्ष सुमदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । 
    प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा रहेका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले बलिङ तथा समाजसेवी डा. टेक नारायण मण्डलले ब्याटिङ गरि प्रतियोगिताको सुरुवात गरेका थिए । 
    प्रतियोगिताको समापन खेल आगामी मंसिर २२ गते हुने तथा बिजेता उपबिजेता टिमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ ।