भारतीय मन्त्री पाकिस्तान जाने

Sunday, November 25, 2018

इस्लामाबाद, ९ मङ्सिर (रासस÷एपी) ।
    सिख समुदायका धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमा खोल्ने समारोहमा सहभागी हुनगरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ ।
    भारतका दुई जना मन्त्रीले पाकिस्तानको भ्रमण गर्नेगरी आमन्त्रण स्वीकार गरेको बताइएको छ । पछिल्ला वर्षमा भारत र पाकिस्तानबीच सम्बन्धमा तिक्तता आएको छ ।
    पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीले भारतीय समकक्षी विदेशमन्त्री सुश्मा स्वराजलाई कर्तारपुर सीमानाका खोल्ने समारोहमा भाग लिन आमन्त्रण गर्नुभएको थियो । उक्त नाका यही नोभेम्बर २८ मा खोल्ने कार्यक्रम छ । 
    यो नाकाबाट भारतीय सिख समुदायका श्रद्धालु पाकिस्तानमा रहेको सिख सम्प्रदायका संस्थापक गुरु नानकको तीर्थस्थल पुग्नेछन् । यद्यपी भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तान भ्रमणको निम्तो अस्वीकार गरेपनि भारतीय दुई मन्त्री सहभागी हुने बताउनुभयो ।
    पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।