महोत्तरीले वाकओभर पाउँदै सेमीफाइनलमा प्रवेश

Tuesday, December 04, 2018

निक समाचारदाता
राजविराज, १८ मंसीर । 
    प्रदेश स्तरीय हिरोकप फुटवल प्रतियोगितामा वाकओभर पाई महोत्तरी ११ सेमी फाइलनमा प्रवेश गरेको छ ।
    हिरोज स्पोर्टिंग क्लव कञ्चनपुर नगरपालिका ३ बरमझियाद्वारा संचालन भइरहेको उक्त प्रतियोगिताको     मंगलवार सम्पन्न खेलमा बारा र महोत्तरी बीच हुने तय रहेको खेलमा निर्धारित समयसम्म बारा टिम नआएपछि महोत्तरी ११ लाई विजयी घोषित गरिएको हो । 
    कुनै कारण बस बारा टिम समयमै उपस्थित हुन नसकेपछि निर्णायक समितिको निर्णय अनुसार अर्का प्रतिस्पर्धी टिम महोत्तरी ११ लाई वाक ओभर प्रदान गरिएको आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीले जानकारी दिए । 
    प्रतियोगिता अन्तर्गत बुधवारको खेल घरेलु टिम बरमझिया ११ सप्तरी र सर्लाही बीच हुने प्रतियोगिता आयोजक समितिका मिडिया पार्टनर प्रतिनिधि राजकुमार पासवानले जानकारी दिए ।