हजार भन्दा बढी गाँजाका बोट नष्ट

Tuesday, December 04, 2018

दैनिक समाचारदाता
राजविराज, १८ मंसीर । 
    सप्तरी प्रहरीले गाँजा फडानी र नष्ट गर्ने अभियानलाई तिब्रता दिँदै जिल्लाको विभिन्न स्थानबाट गाँजाका बोटहरु नष्ट गरिरहेको छ ।
    यसैबीच इलाका प्रहरी कार्यालय बिष्णुपुरको प्रहरी टोलीले बिष्णुपुर गाउँपालिकाका वडा नं. ३ मा सोमबार एक हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । 
    बिष्णुपुर गाउँपालिका वडा नं २, ३, र ४ स्थित ६१ घरपरिवारले लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।