काँग्रेसद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई २५÷२५ हजार 

Wednesday, December 05, 2018

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
    नेपाली काँग्रेस सप्तरीले मंसिर ७ गते तिर्थयात्री बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति परिवारलाई २५÷२५ हजार रुपैया राहत प्रदान गरेको छ । 
    बुधबार १३ आंै दिनको अवसर पारेर मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतहीमा पुगेर नेपाली काग्रेस सप्तरीले श्रद्घाञ्जली सभाको आयोजना गर्दै मृतक परिवारलाई सो राहत प्रदाना गरेको हो । 
    आयोजित श्रद्धाञ्जली कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादवले घटना अत्यन्तै दुःखद रहेको भन्दै मृतक प्रति श्रद्घाञ्जलीका साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे । 
    सो अवसरमा काँग्रेस समर्थित निर्वाचित जनप्रतिनिधिहरुबाट संकलित सहयोग रकम सभापति यादवले मृतक परिवारलाई वितरण गरेका थिए । 
    शम्भुनाथ नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फबाट २१ हजार, विष्णुपुर गाउँपालिकाका अध्यक्षबाट ३५ हजार, अग्निसाइर कृष्णाशवरण गाउँपालिका अध्यक्षबाट १६ हजार, रुपनी गाउँपालिकाका वडा अध्यक्षहरुबाट १५ हजार र सभासद मो. समिम र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुबाट सहयोग रकम जुटाएको जनाइएको छ ।  
    काँग्रेस महासमिति सदस्य नारायण यादवको सभापतित्वमा आयोजित कार्यक्रममा क्षेत्रिय सभापति रामप्रसाद मण्डल, भगवती यादव, लिलाम्बर यादव लगायतले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्घाञ्जली अर्पण गरेका थिए ।     
    मंसिर ७ गते सुनसरीको बराह क्षेत्रबाट तिर्थ गरि फर्किरहेको अवस्थामा जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका इनर्वास्थित पोखरीमा बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये ५ जनाको ज्यान गएको थियो भने ४८ जना घाईते भएका थिए ।