सप्तरीलाई हराउदै सर्लाही सेमीफाईनलमा 

Wednesday, December 05, 2018

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
    प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता अन्र्तगत बुधवारको खेलमा सप्तरीलाई हराउदै सर्लाही ११ सेमीफाईनलमा प्रवेश गरेको छ । 
    हिरोज स्पोटिङ क्लबद्वारा सप्तरीको बरमझियामा जारी प्रतियोगितमा ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो । जसमा सर्लाही ११ ले सप्तरीलाई हराउन सफल भयो ।
    खेलमा निर्धारित समयसम्म दुबै टिमतर्फबाट एक÷एक गोल भए पछि ५÷५ प्यानेल्टीमा हिरोज स्पोटिङ क्लब सप्तरी सँग ४÷५ ले सर्लाही ११ को बिजय भएको हो । 
    सो खेलमा हिरोज स्पोटिङ क्लब सप्तरीका चन्द्रकान्त चौधरी म्यान अफ दि म्याच घोषित भए । उनलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया प्रदान गरे । 
    प्रतियोगिता अन्तरगत विहिवारको खेल रौतहट ११ र पर्सा ११ विरगंज बीच खेल हुनेछ । प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् ।