आठौ राष्ट्रिय खेलकुदका लागि क्रिकेट खेलाडी छनोट सुरू

Wednesday, December 05, 2018

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
    आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सप्तरीमा क्रिकेट खेलाडी छनोटको लागि अभ्यास खेल सुरू भएको छ ।
    जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा विभिन्न खेलको छनोट प्रतियोगिता सुरू सँगै सप्तरी क्रिकेट सँघको संयोजनमा पनि जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरूले अभ्यास खेल सुरू गरेको हो ।
    आउँदो पुस महिनामा प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट प्रदेश २ को टिम बनाई माघमा काठमाडौमा हुने आठौ प्रतियोगितामा सहभागी हुने जनाइएको छ ।
    जिल्ला खेलकुद बिकास समितिमा सप्तरी टिममा चयनका लागि आवेदन दिएकाहरूका खेलाडीहरू ३ दिन सम्म अभ्यास खेल खेलाई सप्तरी टिमको छनोट गरीने सप्तरी क्रिकेट सँघका सदस्य तथा छनोट समितिका सदस्य चन्दनकुमार यादबले बताए ।
    जिल्लाको १८ स्थानिय तहमा क्रिकेटको बिकासलाई अगाडि बढाउनुको साथै ग्रामिण स्तरको क्रिकेट र खेलाडीहरूको उत्पादन गरि राष्टिय तथा अन्तराष्टिय प्रतियोगिताहरूमा सहभागिता गराउने लक्ष्य रहेको जिल्ला खेलकुद बिकास समितिका सदस्य तथा क्रिकेट छनोट समितिका संयोजक रबि कुमार रायले बताए ।