स्मरण आइरहने स्व.प्रा.डा.परमेश्वर यादव

Saturday, December 08, 2018

त्रिपुरारिशरण
    स्मरण आइरहने स्व.प्रा.डा.परमेश्वर यादवको नियुक्ति महेन्द्र विन्देश्वरी कलेज, राजबिराजमा २०२५ सालमा भयो । उहाँले भारतको बिहार राज्यको विहार विश्वबिद्यालयको लंगट सिंह कलेज, मुजफफरपुरबाट दर्शनशास्त्रमा एम.ए. गर्नु भएको थियो । २०४७ सालमा उप–प्राध्यापकबाट सह–प्राध्यापकमा र २०६३ सालमा सह–प्राध्यापकबाट प्राध्यापकमा उहाँ प्रोन्नत हुनु भयो ।
    महेन्द्र विन्देश्वरी कलेज, राजविराजमा उहाँ नियुक्त हुनुभन्दा पूर्व आइ.ए.र बी.ए. दुबै स्तरमा तर्कशास्त्र र दर्शनशास्त्रका सबै पत्रहरुको प्राध्यापन श्री उमेश नारायणले एक्लै गर्नु हुनथ्योे । स्व.डा.यादवले योगदान गर्न प्रारम्भ गर्नु भएपछि श्री उमेश नारायणको कार्य–भार घट्न गयो । दुबै बीच प्राध्यापनको मामिलामा बडो राम्रो ताल–मेल रह्यो ।
    स्व.प्रा.डा.परमेश्वर यादवले विहार विश्वबिद्यायलबाट पीच.डी. पनि गर्नु भयो । आफ्नो शोध–प्रबन्ध–  एभचकउभअतष्खभ या द्यगममजष्कm बलम ज्ष्लमग च्भष्निष्यल ब् ऋयmउबचबतष्खभ क्तगमथ – उहाँले प्रकाशित पनि गर्नु भयो । विभिन्न पुस्तक, पत्र–पत्रिका तथा शोध–प्रबन्धहरुबाट संकलित आवश्यक सामग्रीहरुको गहिरो अध्ययन र गहन विश्लेषणको आधारमा तयार पारिएको उहाँको शोध–प्रबन्ध उच्च स्तरको रहेको देखियो । सप्तरीको समाजमा उहाँको छवि एक ठूला विद्वान्को थियो ।
    उहाँ त्रिभुवन विश्वविद्यालयको दर्शनशास्त्र विषय समिति र त्यसको स्थायी समितिको पनि वर्षौं सदस्य  रहनु भयो । विषय समिति र स्थायी समितिमा हुने विचार–विर्मश र निर्णयहरुमा निकै योग्यदान गर्नु भयो । पछि केन्द्रीय दर्शनशास्त्र विभागका अध्यक्ष पनि हुनु भयो । अध्यक्षको रुपमा विभिन्न स्तरका पाठ्य–क्रमको संशोधन, परिमार्जन र स्तरोन्नतिमा उहाँको सक्रिय भूमिका रहयो ।
    शिक्षाविद्को रुपमा उहाँ सप्तरी जिल्ला समितिका सदस्य पनि हुनु भएको थियो ।
    उहाँ लगातार कैयौं कार्य–कालका लागि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (कलेज)को सहायक क्याम्पस प्रमुख पनि रहनु भयो । उहाँ यस क्याम्पसका प्रमुख पनि हुनु भयो ।
    उहाँको लेखनमा पनि चासो थियो । उहाँको एउटा आलेख महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको प्रथम पत्रिका “छिन्नमस्ताङ्खमा प्रकाशित भएको थियो ।
    नेपाली साहित्यका केही स्रष्टाहरुमाथि दार्शनिक प्रभाव र उहाँहरुको कृतित्वबाट प्रतिभासित जीवन दर्शनको अध्ययनमा पनि उहाँको रुचि थियो । 
    उहाँ क्याम्पस प्रमुख हँुदा क्याम्पस (कलेज)को ५० वर्ष पुरा भएको उपलक्षयमा स्वर्ण जयन्ती मनाइएको थियो । बडो उत्साहका साथ हर्षोल्लासको वातावरणमा मनाईएको स्वर्ण जयन्तीको अवसरमा आयोजित समारोहको भव्यताको सम्झना अहिलेसम्म पनि सहभागीहरुलाई रहेको छ । समारोहका मुख्य आक्रर्षणहरु थिए ––– त्रिभुवन विश्वविद्यालयका उप–कुलपतिज्यू समेत केही विश्वविद्यालयका उच्च पदाधिकारीहरुको उपस्थिति र संवोधन, गीतहरुको प्रस्तुति र स्वर्ण जयन्ती स्मारिकाको विमोचन, सुरुचिपूर्ण मुद्रणका साथै सुन्दर आवरण, शुभ कामना संदेशहरु, विभिन्न चित्रहरु, महेन्द्र विन्देश्वरी कलेजको स्थापना कसरी भयो र विगतका ५० वर्ष कस्तो रहयो भन्नेसम्बन्धी सामग्रीहरु, एउटा स्मृति लेख र अनेक स्तरीय आलेखहरुको समावेश भएको स्मारिका संग्रणीय रहेको छ । स्वर्ण जयन्ती मनाइने क्रममा एक प्रवेश द्वार मण्डप, (एयचतष्अय) पनि निर्माण गरियो ।
    स्व. प्रा.डां.परमेश्वर यादवले राजनीतिमा पनि सक्रिय रुचि लिनु भयो । एक कार्य–कालका लागि सप्तरी जिल्ला पंचायतका सदस्य पनि हुनु भएको थियो । उहाँलाई सप्तरी जिल्लाका एक प्रभावशाली व्यक्ति ठानिन्थ्यो ।  
    आफ्नो राम्रो व्यवहार, मृदुभाषिता र विद्वानको छवि तथा राजनीतिक क्षेत्रमा प्रभावको कारण उहाँ छरछिमेकका मानिसहरु माझ बडो लोकप्रिय हुनुहुन्थ्यो । विभिन्न प्रकारका सहयोग हेतु उनीहरु आइरहन्थ्ए र उहाँ यथाशक्य सहायता पनि गर्नुहुन्थ्यो । सहकर्मीहरु बीच उहाँको छवि एक भद्र, विनम्र र मिलनशील व्यक्तिको रहेको थियो । उहाँले कहिल्यै पनि अमर्यादित भाषाको प्रयोग गर्नु भएन्, अमर्यादित व्यवहार पनि कसैसंग गर्नु भएन । उनीहरु बीच पनि उहाँ निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँको निकट सम्पर्कमा आउनामा विद्यार्थीहरुलाई कुनै विशेष कठिनाई हँुदैन्थ्यो । उनीहरु माझ पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो ।
    वर्षौंको साहचर्यको कारण केवल उहाँसंग मात्र होइन उहाँको पुरै परिवारसंग मेरो वडो आत्मीय सम्वन्ध विकसित हुन गएको थियो । उहाँको निधनको कैयौं वर्ष भइसकेपनि उहाँको परिवारसंग मेरो नैकट्य यथावत रहेको छ । जीवनभरि मलाई उहाँ स्मरण आइरहनु हुनेछ । अन्य सहकर्मी र उहाँका विद्यार्थीहरु पनि उहाँलाई बिर्सन सक्ने छैनन् ।