म्यानमारका हजारौं महिलालाई चीनमा विवाह गर्न दबाब

Saturday, December 08, 2018

    बैङ्कक÷म्यानमारका सहाराविहीन हजारौँ महिलालाई चीनमा बेचविखन गर्न र विवाह गर्न दबाब दिने गरेको पाइएको छ । 
    म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरूलाई चीनतर्फ लैजाने गरेको तथ्यसहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।
    द्वन्द्वको फाइदा उठाउँदै म्यानमारका सहाराविहीन महिलालाई सीमा क्षेत्रमा दुरूपयोग हुने गरेको पाइएको हो ।  
    चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरूलाई चिनियाँहरूले विवाह गर्ने गरेको अध्ययनकर्ताहरूले बताएका छन् । 
    चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ ।  
    जनसङ्ख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागू गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ । म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशबाट पनि वर्षेनी हजारौँ महिला चीन लगिने गरेको छ । एजेन्सी