वेबारिसे अवस्थामा हतियार फेला 

Monday, December 17, 2018

दैनिक समाचारदाता
धनुषा, २ पुस ।
    धनुषाको लक्ष्मिनिया गाउँपालिका ६ बेगवा पुर्वारी टोलमा वेवारिसे अवस्थामा एक थान हतियार बरामद भएको छ । 
    स्थानिय नथुनि यादवको करेसाबारिमा बेबारिसे अबस्थामा रहेको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोलिसहित बरामद भएको हो । 
    बरामद भएको सो हतियार अस्थाई प्रहरी पोष्ट लक्ष्मिनिया धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।