एक सय ४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद 

Monday, December 17, 2018

दैनिक समाचारदाता
महोत्तरी, २ पुस ।
    महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा सोमबार प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । 
     बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १ सय ४७ बोतल डायलक्स र ६ सय चक्की नाइट्रोभेट बरामद गरिएको हो । 
    कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट  काठमाडौँ जाँदै गरेको बा५ख १९६८ नं को हाइसबाट १०० बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । 
    लागुऔषधसँगै सिरहाको विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय अमरकुमार शर्मा (ठाकुर)लाई पक्राउ गरिएको छ ।