आँखा उपचार केन्द्रमा आठ सय ९९ जनाको शल्यक्रिया

Friday, January 11, 2019

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
    आँखा उपचार केन्द्र राजविराजमा दैनिक आँखा जाँचका लागि बिरामी आउनेको संख्यमा बृद्धि भएको छ । अहिले दैनिक १ सय ५० देखि २ हजार सम्म आँखा जाँचको लागि बिरामी आउने गरेका छन् । 
    राजविराज नगरपालिका ९ मलेठमा रहेको सगरमाथा चौधरी आँखा लहान उप–शखा अन्र्तगत रहेको आँखा उपचार केन्द्रमा सन् २०१८ सम्ममा ८ सय ९९ जनाको सल्यक्रिया गरेको अस्पतालका कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् । 
    सन् २०१८ को जनवरीदेखि डिसेम्बर सम्ममा करिब ३० हजार ५ सय ६७ जनाले आँखा जाँच गराएको तथा त्यसमध्ये २ हजार ७५८ जनामा मोतिया बिन्दु फेला परेको उनले बताए । 
    दुई चिकित्सकसहित ९ जना कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलक भारतबाट आँखा उपचारको लागि यहाँ बिरामीहरु आउने गरेको उनले बताए ।
    आँखा अस्पतालमा दृष्टिदोस, नानीमा लाग्ने रोग मोतिया बिन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको तथा हप्ताको एक दिन शुक्रबार शल्यक्रिया समेत हुने गरेको छ । 
    गत बर्षको तुलनामा यस बर्ष पनि आँखा उपचारमा बिरामीको संख्यामा बृद्धि हनुको साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यस अस्पताललाई अतिःआवश्यक तत्काल सुबिधा सम्पन्न ५० बैड(शैया)को आवश्यता रहेकोले सरकारी निकाय, स्थानिय तह तथा सरोकारबालालाई कार्यालय प्रमुखसहित स्थानियले माग गरेका छन । 
    गत बर्ष पनि सन् २०१७ मा २६ हजार ४९६ जना बिरामीको आँखा उपचार गरिएको थियो भने ७ सय १३ जना बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेको मध्ये २ हजार ६ सय ८० जनामा मोतिया बिन्द फेला परेको कार्यालय प्रमुख झाले जनाए ।