बखन्डी फल सेवन गर्दा  बालबालिकासहित १७ जना बिरामी

Tuesday, January 22, 2019

दैनिक समाचारदाता
सिरहा, ८ माघ ।
    सिरहाको संखुवानान्कारकट्टी गाउँपालिकामा अभिभावकसँगै बाख्रा चराउन गएका बालबालिकाहरु समेत गरि १७ जना बखन्डीको फल खाँदा बिरामी परेका छन् । 
    सो गाउँपालिका १ स्थित चौरमा अभिभावकसँगै बाख्रा चराउन गएका ती १७ जना बखन्डीको फल खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिरहालाई उदृत गर्दै प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 
    प्रहरीका अनुसार बिरामी परेका अभिभावकसँगै अधिकांश उनीहरुकै बालबालिका रहेका छन् । महिलाहरुसँग बाख्रा चराउन व्यस्त रहेको तथा बालबालिकाहरु खेल्न जाने क्रममा बखन्डी फल नामक दाना सेवन गरेको प्रहरीले जनाएको छ । 
    बिरामी परेकाहरुमा सोही गाउँपालिका १ मौवाही बस्ने अन्दाजी वर्ष ३५ की शिब कुमारी सदाय, निजकै छोरी अन्दाजी वर्ष ५ कि सम्झना सदाय, ३० वर्षकी नयन कुमारी सदाय, निजकै छोरा अन्दाजी वर्ष ३ को अविन, देबनारायण सदायको छोरा अन्दाजी वर्ष ४ को अमित कुमार सदाय, संजय सदायको छोरा अन्दाजी वर्ष २ को संजित सदाय, निजकै छोरी अन्दाजी वर्ष ४ कि चन्द्रिका सदाय, ठगदेब सदायको छोरा अन्दाजी वर्ष ७ को अशोक सदाय रहेका छन् । 
    यस्तै सगुनिया सदायको छोरा अन्दाजी वर्ष ७ को करण सदाय, अगुन सदायको छोरी अन्दाजी वर्ष ५ कि कल्पना सदाय, निजकै छोरा अन्दाजी वर्ष ६ को रविन सदाय, लक्ष्मण सदायको छोरी अन्दाजी वर्ष ७ कि पविता सदाय, देबिन्दर सदायको छोरा अन्दाजी वर्ष ८ को जिवन सदाय, निजकै छोरा अन्दाजी वर्ष ९ को सन्तोष सदाय, निजकै छोरी अन्दाजी वर्ष ५ कि सजन कुमारी सदाय, छोटका सदायको छोरा अन्दाजी वर्ष १० को शनिचर सदाय र लक्ष्मण सदायको छोरी बर्ष ४ की सञ्जना सदाय रहेका छन् । 
    घटनापश्चात् प्रहरी चौकी सितापुर सिरहाबाट गएको प्रहरी टोलीले बिरामीहरुलाई उपचारका लागि राउ स्मारक अस्पताल लहान, सिरहा र कामना नर्सिङहोम लहान सिरहामा पठाईएको जनाएको छ । त्यस्तै बिरामी मध्ये सञ्जना सदायको अवस्था चिन्ताजनक रहेकोमा निजलाई थप उपचारका लागि धरान पठाईएको प्रहरीले जनाएको छ ।