चट्याङ्ग लागेर एकको मृत्यु

Saturday, February 09, 2019

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 
    शुक्रबार विहानैदेखि भएको वर्षासँगै परेको चट्याङ्गले सप्तरीमा एक जनाको मृत्यु भएको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया निवासी ४० वर्षिय महावीर खंगको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    खेतमा काम गर्दै गरेको बेला शुक्रवार दिउँसो २ बजेतिर परेको चट्याङ्ग लागेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।