सप्तरीबाट ५० गरि ८ सय ६४  पत्रपत्रिकाले भरे आवेदन फाराम 

Monday, February 18, 2019

दैनिक समाचारदाता
काठमाडौं, ६ फागुन । 
    आर्थिक वर्ष ०७४÷०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति) मा सप्तरीका ५० गरि ८ सय ६४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् । 
    जस अन्तरगत दैनिक १ सय ७४, अर्ध–साप्ताहिक ३, साप्ताहिक ५ सय २७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक ४, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ रहेको काउन्सिलका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । 
    प्रदेशगत रूपमा प्रदेश नम्बर १ बाट १ सय ११, प्रदेश नं. २ बाट १ सय ७७, प्रदेश नं. ३ बाट ३ सय ८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं. ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेको जनाइएको छ । 
    यसैगरी यी बाहेक प्रक्रिया नपुगेका र ढिलोगरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाएपछि जानकारी गराइने जारि विज्ञप्तिमा उल्लेख छ । 
    यसअघि आर्थिक वर्ष २०७३÷०७४ मा ९ सय ५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन भरेका थिए ।