महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 

Thursday, February 28, 2019

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 
    राजबिराजमा संचालित प्रदेश नंं २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत छैठो दिनको अन्तिम लिग खेलमा बिहीबार सिरहालाई सर्लाहीले ६ बिकेटले पराजित गरेको छ भने सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको छ । 
    मध्यमान्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा संचालित उक्त प्रतियोगितामा सिराहाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा ९२ रन जोड्न सकेका थिए । 
    सिरहाका लागि अशोक यादवले नटआउट ३५ रनको योगदान दिएका थिए भने आशुतोष बिक १७ तथा रिशव कार्किले १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ सर्लाहिका सन्दिप खडकाले ३ तथा सुशान्त सिह, रोशन सिंह र निरज मिकरानीले सामान १ बिकेट लिएका थिए । 
    ९३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सर्लाहिले उक्त लक्ष्य १६ ओभर ५ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए । सर्लाहिका लागि सुशान्त सिंहले नटआउट रहि ३३ तथा सुभाष पण्डित र सुधिर चौधरीले क्रमशः १९ र १४ रनको योगदान दिएका थिए । सिरहाका तर्फबाट पार्थिव यादव, दिलिप यादव, कुश मण्डल र प्रदिप पण्डितले सामान १ बिकेट लिएका थिए । 
    खेलको म्यान अफ द म्याच सर्लाहिका तर्फबाट अलराउण्ड प्रर्दशन गरेवापत सुशान्त सिंहलाई घोषित गरियो । 
    यस्तै बिहिवारनै सम्पन्न अर्को खेलमा रौतहटले टसजिती सप्तरीलाई ब्याटिंगको निम्तो दिएपछि किर्तिमानी खेलाडि महवुव आलमको बिष्फोट ब्याटिंग गरेपछि निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १५ रनको योगफल तयार पारेका थिए । 
    महवुवले ३८ बलमा ४ चौक्का र ७ छक्काको मद्धतले ७२ रनको बिष्फोटक पारी खेलेका थिए भने गुणानन्द रायले २९ तथा बिकास दासले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ रौतहटका लागि सुनिल मिश्रा र रवी साहले सामान २ बिकेट तथा राजेश यादव र आशिक साहले सामान १ बिकेट लिएका थिए । 
    १ सय ५२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले २० ओभर खेलि ७ बिकेटको नोक्सानीमा १ सय २६ रन मात्र जोडन सकेका थिए । रौतहटका लागि आशु कन्डोईले आर्कषक ब्याटिंग गर्दै ४१ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ४७ रन तथा शैलेन्द्र कुशवाह २४ तथा आशिक साहले १७ रनको योगदान दिएका थिए । सप्तरीका तर्फबाट अनिल यादव र राहुल मण्डलले सामान २ बिकेट तथा बिवेक यादवले १ बिकेट लिएका थिए । 
    खेलको म्यान अफ द म्याच सप्तरीका उत्कृष्ट ब्याटिंग गरे वापत किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए ।  
    प्रतियोगिता अन्र्तगत शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बिच तथा फाईनल खेल सप्तरी र पर्सा बिच हुने आयोजक समितिका संयोजक रवी रायले जानकारी दिए ।