प्रदेश स्तरिय तीन दिने कार्यशाला लहानमा सुरु हुँदै

Thursday, March 14, 2019

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
    प्रदेश २ स्तरिय तीन दिने एडभान्स रिसर्च म्याथोलोजि विषयक कार्यशाला शुक्रबारदेखी सिरहाको लाहनमा प्रारम्भ हुन गइरहेको छ । 
    नेपाल केमिकल सोसाइटी र जेएस मुरारका बहुमुखी क्याम्पस लहानको संयुक्त आयोजनामा सो कार्यशाला हुन गइरहेको छ । 
    प्रदेश सभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यशालामा प्रदेश २ का आठै जिल्लाका फिजिक्स, क्यामेस्ट्रि र बायोलोजि विषयका प्राध्यापक तथा स्नातक तहका विद्यार्थीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।