जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड

Thursday, March 14, 2019

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
    सप्तरी जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भए सँगै जिल्लालाई पुर्ण सरसफाई क्षेत्र बनाउन सबै स्थानिय तह सक्रिय हुनुपर्नेमा सरोकारवाला निकायहरू जोड दिएका छन ।
    बाढी प्रभाबित क्षेत्रमा खानेपानी सरसफाई तथा स्वक्षता समितिका टोलीले हनुमाननगर कंकालिनी नगरपालिकामा बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्ने बिहीबार आयोजित कार्यक्रममा सो कुरा बताइएको हो ।
    समितिका प्रमुख प्रभाकर यादबले वडा नम्वर १४ रम्पुरामा कोशी पीडित समाज र अक्सफामको संयुक्त साझेदारीमा बिपद न्युनीकरण तथा मानवीय पूर्व तैयारी परियोजना ०१८÷०१९ अन्तर्गत वास कार्यक्रमको अनुगमन समेत गरेको छ ।
    साबिकको रम्पुरा मल्हनियाँ गाबिसका डलवा, रम्पुरा, बिष्णुपुर टोलहरूमा वाढी प्रभाबित क्षेत्रमा बिपद न्युनिकरण, वडा स्तरियमा बिपद ब्यबस्थापन उपसमितिलाई चेतनामुलक अभिमुखिकरण तथा बाढी पुर्व गरिने क्रियाकलाप वारेमा जानकारी लिएको छ । 
    उक्त टोलीले वडा नम्वर १४ मै बिषणपुर टोलमा बिपद ब्यबस्थापन उपसमितिले बाढी आउनु पुर्व सुचना कार्यदल, प्राथमिक उपचार कार्यदल, खोज तथा उद्वार तथा राहत कोष कार्यदलले बाढी आउने पुर्व तथा बाढीको वेला अपनाउनुपर्ने साबधानी वारेमा जानकारी लिएको वडा अध्यक्ष सत्य नारायण यादबले बताए ।
    खाडो र कोशीको पानीले प्रभाबित बाढी को चपेटामा रहेका बिसनपुर टोलमा बाढी आएको वेला बस्तीमा जान स्थानियहरूलाई आवतजावत गर्न समस्या आईरहेको बेला वडा कार्यलयले उक्त ठाँउमा तत्काल होमपाईप राखेर माटो बनाएको अध्यक्ष यादबले जानकारी दिए ।
    बाढी प्रभाबित यस क्षेत्रका स्थानियहरूको जिविकोपार्जन तथा पुर्नवास निर्माण कार्यक्रम सरकारले ल्याउनुपर्ने स्थानिय राजेन्द्र सडोकले बताए ।
    सो कार्यक्रममा प्रमुख यादबले सप्तरीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेपनि चर्पि अझ पनि प्रयोग बिहिन रहेकोले पुर्ण सरसफाई तर्फ सबैले ध्यानदिनुपर्ने बताए ।
    उनले स्थानिय तहले पुर्ण सरसफाई सम्बन्धी चेतनामुलक कार्यकम गरि पुर्ण सरसफाईको क्षेत्रमा काम गर्ने सबै संघसंस्था र सरोकारवाला निकायहरू सक्रिय भई जनप्रतिनिधिहरू आग्रह समेत गरे ।
    सो अवसरमा कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले वास कार्यक्रम अन्तर्गत एक बर्षमा विपद ब्यबस्थापन, वडा स्तरियमा बिपद ब्यबस्थापनलाई अभिमुखीकरण, कुनौली वोर्डरमा सार्वजनिक चर्पी निर्माण, खोज तथा उद्वार सामग्री बितरण, लगायतका बाढी प्रभाबित क्षेत्रमा बिपद न्युनिकरण सम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।
    सो अवसरमा वडा नम्वर १४ का अध्यक्ष सत्य नारायण यादब, जनस्वास्थ कार्यलय प्रमुख निरन्जन प्रसाद यादब, खानेपानी सरसफाई डिभिजन कार्यलयका रामाप्रसाद साह, जिसस सल्लाहाकार बिनोद यादब, कोशी पीडित समाजका कार्यकारी निर्देशक देबनारायण यादब, सुकदेब चौधरी, परियोजना संयोजक श्रवण चौधरी, पत्रकार चन्दनकुमार यादब लगायतको सहभागिता रहेको थियो ।