प्रदेश ३ र सुदूरपश्चिम प्रदेशद्वारा हावाहुरी  प्रभावितलाई एक÷एक करोड सहयोग, प्रदेश सभा ३ का सांसदद्वारा तीन दिनको तलब 

Wednesday, April 03, 2019

दैनिक समाचारदाता
काठमाडौं, १९ चैत ।
    प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि छुट्टाछुट्टै एक÷एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
    अस्थायी मुकाम हेटौडामा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक सहयोगको निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंंगेलले जानकारी दिएका छन् । 
    यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलव सहयोग गर्ने निर्णय गरेको छ । 
    मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
    सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो ।
    यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी(हुरी प्रभावितहरुका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
    मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।