नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन

Friday, April 12, 2019

दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
    सम्भवत् नेपालका जेष्ठ नागरिक रघु बहरखेरको शुक्रबार बिहान १ सय ३१ वर्षको उमेरमा निधन भएको छ । 
    सप्तरीको तिरहुत गाउँपालिका १ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको शुक्रबार बिहान ११ बजेर ३१ मा उनकै निवासमा निधन भएको हो । 
    उनी नेपालमै १० हजार बढी गाईबस्तु, अर्ना लगायतलाई परिवारका सदस्य जस्तै पाल्ने नेपालकै पहिलो व्यक्ति हुन् । आफ्नो जिवनकालको अधिकांश समय उनी कोशी टप्पुको जंगलमै गाईबस्तु, अर्ना पालेर बस्ने गरेको स्थानियहरुले बताएका छन् ।  
    उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष हुन् ।
    यसैबीच शनिबार बिहान उनको कोशीमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।