शम्भुनाथमा नयाँ वर्षको  अवसरमा एकमहिने मेला सुरु  

Sunday, April 14, 2019

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
    सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा आइतबारदेखी  एकमहिने मेला सुरु भएको छ ।  
    नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झँै यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गर्दछन् । एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ ।  
    एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । 
    यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रामलिला लगायतका कार्यक्रम हुने गर्दछ ।