हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण

Saturday, April 20, 2019

    वीरगंज÷गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ३ र ६ को पुरैनिया, फुलवरीया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत वितरण गरेको छ ।
    पुरैनिया, भरवलीया टोलमै पुगेर प्रभावित तीन सय परिवारलाई कुर्ता, सलवार, शौल लगायतका कपडाहरु वितरण गरेको छ । 
    हावाहुरीबाट प्रभावित मोबारक अंसारी, मोजामिल मियाँ, इजहार मियाँ, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।
    फेटा गाउँपालिकाको वडा नं ६ का अध्यक्ष जाकिर हुसेन मियाँको विशेष उपस्थितिमा गरिएको कपडा वितरण कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहम्दिया युवा संघका अध्यक्ष समिन अहमद, अहम्दिया संघ वीरगंजका सदस्य हैदर अलि, युवा संघका इजरायल अहमद लगायत अहमदिया संघका सदस्यहरूको सहभागीता रहेको थियो ।