कपडा पसलमा आगलागि हुँदा ६० लाख बढीको क्षति

Monday, May 13, 2019

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 
    सप्तरीको खडग नगरपालिकास्थित एक कपडा पसलमा आइतबार बिहान आगलागि हुँदा ६० लाख बढी मुल्यको क्षति भएको छ । 
    खडग नगरपालिका ७ बस्ने सत्य नारायण अग्रवालको घरको दोश्रो तल्लामा रहेको गोयल बस्त्रालयमा पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 
    आगलागिमा घर, नगद, लत्ता कपडा जलेर नष्ट हुँदा ६० लाख भन्दा बढीको क्षति भएको प्रहरीको भनाई छ । 
    उक्त आगोलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
    यसैबीच धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ मैनावति वस्ने सुकुमाया भुजेलको काठ र वासले बनेको टायलको छानो भएको दुई तल्ले घर र कच्चि गोठ, शौचालय समेतमा आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ । 
    जंगलमा लागेको आगो अचानक सल्किई घरमा आगलागी हुँदा उक्त मुल्य बराबरको घनमाल जली क्षती भएको प्रहरीले जनाएको छ ।