हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति

Monday, May 13, 2019

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 
    आइतबार राती आएको आएको हावाहुरीका कारण सप्तरीको विभिन्न स्थानमा दर्जनौं फुस तथा टिनको छाना भएको घरमा क्षति पु¥याएको छ ।
    हावाहुरीले तिलाठी कोईलाडी गाउँपालिकास्थित तोपा, मंसापुर, सडेपार र मधेपुराको विभिन्न बस्तीका ४५ वटा घरमा क्षति पु¥याएको गाउपालिका अध्यक्ष सतिशकुमार सिँहले जानकारी दिएका छन् । 
    हावाहुरीले मंसापुरका हरि ठाकुर, रामचन्द्र राम, रामचन्द्र राय, तोपाका गजेन्द्र साह र लक्ष्मी साह, सहितका सयौ फुसको घरमा क्षति पुगेको छ । हुरीसँगै आएको पानी, असिनाले हरि ठाकुरको घरमा रहेका ५ लाख भन्दा बढीको खाद्यान्न समाग्री नष्ट भएको पीडितले बताएका छन् । 
    त्यस्तै तिलाठी कोईलाडीको मंसापुर र सडेपारमा हुरी र पानीले दुई कुखुरा फर्मको ८ लाख बरावरको पुर्ण रूपमा क्षति पु¥याएको फर्मका संचालक रमेश सिह र प्रेम राउत जानकारी दिए ।
    यस्तै हावाहुरीका कारण सो क्षेत्रका ५० वटा बिजुलीका पोलहरु समेत ढलेको छ भने कुनै मानविय क्षति नभएको गाँउपालिका अध्यक्ष सिहले जानकारी दिए । यता पीडित परिवारका लागी गाउँपालिकाले आबश्यक सहयोगको लागि पहल गरिरहेको उनले बताए । 
    हावाहुरी पीडितहरुका लागि बिपद ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग समन्वय गरिरहेको उनको भनाई छ । 
    यस्तै हनुमानगर कंकालनी नगरनगरपालिको विभिन्न ठाँउमा पनि हावाहुरीले फुसको एक दर्जना भन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।