विद्यार्थीको दिवा खाजाको सामग्री सहित एक लाख वरावरको सामान चोरी

Tuesday, May 14, 2019

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 
    सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ स्थित राष्ट्रिय प्राथमिक विद्यालय वेल्हा तिलेवोनामा सोमवार लाखौको चोरी भएको छ ।
    उक्त विद्यालयमा सोमवार राती समेत गरेर तेश्रो पटक चोरी भएको स्थानीय अभिभावकहरुले जानकारी बताएका छन् । 
    विद्यालयमा कोही नभएको मौका छोपी झ्याल र ढोकाको ताला तोडी विद्यार्थीको दिवा खाजा कार्यक्रमको सामग्री सहित एक लाख वरावरको सरसामान चोरी भएको जनाइएको छ । 
    चोरहरुले फर्निचर, कागतपत्र, तेल, डाल्डा, चना, च्यूरा, भूजा, मैदा, वेसन, नुन, मरमसला, सहितको वालवालिकाको दिवाखाजा कार्यक्रमको सम्पुर्ण सामग्री गरी १ लाख वरावरको सरसमान चोरी गरेको विद्यालयका प्रधानाध्याक तारनी प्रसाद चौधरीले जानकारी दिएका छन् । 
    वालवालिकाको खाजा सामाग्री चोरी भएपछी वालवालिकालाई खाजा खुवाउन कठिनाई भएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अशोक कुमार चौधरीले वताए । विद्यालयमा आयश्रोत नहुदा वालवालिकालाई चाहेरपनि खाजा खुवाउन नसकी भोकभोकै कक्षाकोठामा राख्नुपर्ने वाध्यता रहेको उनले जानकारी दिए ।
    पुर्वपश्चिम लोकमार्गदेखी सय मीटर र शसस्त्र प्रहरी वल नेपाल सुरक्षा वेसक्याम्प सितापुरको दुईसय मीटर दुरीमा रहेको विद्यालयमा पटक—पटक चोरी हुदा समेत चोर पत्ता लाग्न सकेको छैन ।