वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि ...

Monday, June 10, 2019

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।      
    यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा नर्सिङ्ग कलेज निर्माण भइरहेको स्थल नजिकै रहेको चिकित्सकहरु बस्ने निवासको भ¥याङ्ग सोमबार भत्किएको छ । 
    सोमबार बिहान ९ बजेदेखी झण्डै एक घण्टा परेको वर्षाका कारण जिर्ण भएको भवनको उक्त भ¥याङ्ग भत्किएको हो । वर्षाको पानी निवास छेउमा जमेपछि जिर्ण भएको भवनको भ¥याङ्ग भत्किएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।  
    कलेज भवन निर्माणका लागि माटो खनिएपछि सो स्थानमा पानी जम्दा माटो मलिलो भइ भ¥याङ्ग भत्किन पुगेको जनाइएको छ । 
    यता भवनको माथिल्लो तल्लामा डा. राजिव मिश्रको क्वाटर रहेको छ । उनी सोमबार बिहान पानी रहेपछि डियुटीमा जान हत्तार हत्तार ओर्लिदा झण्डै दुर्घटना हुनबाट जोगिन पुगेका छन् । 
    डा. मिश्रले भने, “डियुटीका लागि तयार भएर सधै झैं समयमा तल ओर्लिन खोजे तर, दुई चार पाइला मात्र भ¥याङ्गमा के राखेको थिए, मेरो आँखा भ¥याङ्गमा पुग्यो त्यहा आधा भ¥याङ्ग भत्किएको अवस्थामा थियो । अनि म पुनः माथी नै फर्किए र अस्पतालका कर्मचारीलाई सो बारे फोन मार्फत जानकारी गराए ।” 
    अस्पतालका कर्मचारीहरु डा. मिश्रलाई भवनको अर्कै स्थानमा बाँसको भ¥याङ्ग लगाएर ओरालेका थिए । सो भवनमा अन्य ५ जना चिकित्सक बस्ने गरेका छन् । जिर्ण भइसकेको पुरानै भवनलाई मर्मत सम्भार गरि अस्पताल प्रशासनले चिकित्सकहरुलाई बस्ने व्यवस्था मिलाएको छ । 
    श्रोतका अनुसार यस घटनाबाट त्रसित चिकित्सकहरु सो भवनमा बस्न डराइरहेका छन् । यता अस्पतालका निमित्त मेसु डा. दिलिप साहले घटनाबारे आफू गम्भिर रहेको र मेसु डा. चुमनलाल दास बाहिरबाट फर्किना साथ  समस्या समाधानका लागि पहल गर्ने जानकारी दिएका छन् ।