कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ

Sunday, June 16, 2019

दैनिक समचारदाता
असार, १ असार । 
    सिरहा नगरपालिका वडा नं. १६ स्थित चन्द्र नारायण मेमोरियल अस्पताल नजिकबाट संरक्षित बन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ का २५ बर्षीय कैलाश कुमार यादव र १३ का २८ बर्षीय आभास कुमार यादव रहेका छन् ।
    ना.२२ प.८००४ र बीआर०७जेड३३२० नम्बरको भारतीय पल्सर मोटरसाइकलमा माडरबाट सिरहा बजारतर्फ आउदै गरेका कैलाश र आभासलाई बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
    शंका लागि प्रहरीले शरीर तलासी गर्दा शंकास्पद संरक्षित वन्यजन्तु कस्तुरीको बिणा जस्तो देखिने १२ ग्राम तौल भएको बस्तु फेला पारेकोले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।