महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित

Saturday, June 29, 2019

    राजविराज÷राजबिराजमा संचालित महिला क्रिकेट प्रिमियर लिग प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा खडकले राजबिराज सिस्कालाई ७ रनले पराजित गरेको छ । 
    खडकका कप्तान सरस्वती चौधरीले टस जिती पहिलो ब्याटिंग गर्न ओर्लेकोमा निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय १० रनको योगफल तयार पारेको थियो । 
    खडकका लागि कप्तान सरस्वती चौधरीले ३६, काजल श्रेष्ठले २० तथा कविता गौतमले १८ रन बनाएकी थिइन् । यता बलिङतर्फ राजबिराज सिस्काका तर्फबाट सबनम राईले ४ ओभरमा २० रन दिई २ बिकेट तथा नेरि थापा, सम्झना खडका र अस्मीना कर्मचार्यले सामान १ बिकेट लिएका थिए । 
    यता १ सय ११ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराज सिस्काले २० ओभरमा ९ बिकेट गुमाई १ सय ३ रनमै सीमित हुन पुग्यो । राजबिराजका लागि कप्तान नेरि थापाले उत्कृष्ट पारि खेल्दै ४९ बनाए पनी टिमलाई जिताउन सकिनन् । उनी ९ औं बिकेटको रुपमा पिचबाट बाहिरिएकी थिइन् । 
    यस्तै बलिङ तर्फ खडकका कविता गौतमले घातक बलिंग गर्दै ४ ओभरको आफनो स्पेलमा १८ रन दिई ४ महत्वपुर्ण ४ बिकेट लिएका थिए । कविता बाहेक सन्तोषि चौधरी, सरस्वती चौधरी र रश्मी शर्माले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडकका कविता गौतम भएका थिए ।