बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 

Wednesday, July 17, 2019

दैनिक समाचारदाता
राजविराज, १ साउन । 
    सप्तरीको कंचनरुप नगरपालिका १ स्थित बेलहा र बैरवा गाउँमका बाढीपीडितहरुलाई बुधबार राहत वितरण गरिएको छ । सो राहत त्यहाका ६७ घरपरिवारलाई बितरण गरेको हेल्प मधेशी सप्तरीका अध्यक्ष झाले जानकारी दिएकी छिन् ।
    हेल्प मधेसी साउदी अरब, र कतारको कामदारहरूको आर्थिक सहयोगमा हेल्प मधेसी नेपालको आयोजनामा चिउरा, भुजिया, चिनी, दालमोठफ लिटो लगायतका राहत सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष झाले बताईन ।
    सो अवसरमा निमित्त सामग्री खरिद गर्न जनकपुर निवासी विना झा, रंधिर झाले पाँच हजार र संजीव चौधरीले एक हजार नगद आर्थिक सहयोग गरेको जनाइएको छ । यसअघि हेल्प मधेशी सप्तरीले राजबिराज ५ मा पनि २० घरपरिवारलाई राहत बितरण गरेको थियो ।