सप्तरीलाई “कृषि हव” को रुपमा प्रोत्साहन गर्नु आवश्यक 

Sunday, August 04, 2019

    सप्तरी जिल्ला आर्थिक श्रोतले धनी नभएपनि यहाँको कृषि क्षेत्रमा लगानी गर्न सकियो भने मुलुकको एउटा अन्न भण्डारको रुपमा पुनः सबल हुने देखिन्छ । दुई दशकअघि यस जिल्लालाई अन्न भण्डारको रुपमा चिनिने गरिन्थ्यो । यहाँको जमिनमा जुन सुकै पनि मौसमका कुनै पनि अन्न उत्पादन गर्न सक्ने उर्भरा शक्ति रहेको छ । धान खेतीको विषयमा यहाँ मौसमी धान खेती बाहके चैते धान समेत उत्पादन हुने गरिन्छ । तर, सिंचाईको उचित व्यवस्था र समयमा कामदार उपलब्ध नहुँदा यहाँका किसानहरु अहिले जसोतसो आफूलाई पुग्ने मौसमी धान खेती गर्ने गरेको पाइन्छ । त्यस्तै गहुँको उब्जनी पनि यहाँ निकै हुने गरेको छ । र यसमा पनि सम्बन्धीत निकायले उचित प्रवद्र्धन गर्न नसक्दा यो खेती पनि व्यक्तिगत रुपमै सीमित हुन पुगेको छ । 
    यस बाहेक सप्तरीमा आँप उत्पादन पनि मुलुक भरिमा धेरै हुने गर्दछ । अहिले पनि आँपको राजा उपनामले सप्तरीलाई चिनिने गरिन्छ । यहाँ हरेक प्रकारको आँप फल्ने गर्दछ । जुन आँप मुलुकको कुनै पनि जिल्ला उत्पादन हुँदैन् त्यो आँप यहाँ उत्पादन हुनेगर्दछ । यहाँ उत्पादन भएको आँप नेपाल भरि आयात हुने गर्दछ । प्राय गरि काठमाडौंमा सप्तरीको आँपको बढी आयात हुने गर्दछ । यस जिल्लामा मालदह, बम्बई, कलकतिया, कृष्णभोग, अम्रपाली, दसहरि लगायतका आँपको उत्पादन हुने गर्दछ । त्यस्तै यहाँ माछापालन गर्ने वातावरण समेत रहेको छ । जनकपुरको माछा पछि सप्तरीको माछा समेत नेपालमै प्रख्यता रहेको छ । 
    तसर्थ सम्बन्धीत निकायले सप्तरीलाई कृषि हवको रुपमा परिणत गर्न ध्यान दिन सके भने प्रदेश २ को मात्र नभएर नेपालकै कृषि क्षेत्रमा सप्तरीले ठूलो ठेवा पु¥याउने कुरामा दुइमत नहोला ।