कक्षा कोठामा विद्यार्थीले मोवाइल बोक्ने कार्यप्रति ध्यान पुगोस्

Monday, August 12, 2019

    अहिले अधिकांश विद्यार्थीहरुले पढ्ने कक्षा कोठामा मोवाइल बोक्ने गरेका छन् । यो एउटा अहिले जटिल समस्याको रुपमा देखापरेको छ । शिक्षकले पढाइरहेको बेला विद्यार्थीहरुले मोवाइलको प्रयोग गरिरहेका हुन्छन् । जसकारण शिक्षकले सिकाइरहेका कुराप्रति उनीहरुको ध्यान जादैन् । हुन त अहिलेको समयमा मोवाइल एउटा संचार माध्यमको साटो मनोरन्जनको रुपमा बढी प्रयोग गरिएको पाइन्छ । यसले पठ्नपाठनमा नकारात्मक असर पारिरहेको छ । यसतर्फ अभिभावकहरुले ध्यान नदिंदा विद्यार्थीहरु पढाईभन्दा अन्य कामहरुमा समेत व्यस्त हुन थालेका छन् । मोवाइलले फाइदा पु¥याएपनि यसको वेफाइदा पनि धेरै हुन्छन् । मोवाइलमै गीत सुन्ने, भिडियो हेर्ने कामले अहिलेका विद्यार्थीहरु अध्ययनभन्दा पछाडि  पर्दै गएको छ । 
    हुन त संचार क्षेत्रले फड्को मार्दै गएपछि विद्यार्थीहरुले पनि मोवाइल बोक्ने क्रम बढेको हो । प्रायः जसो निम्न माध्यमिक र माध्यमिक बिद्यालयका बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । बिद्यालय प्राङ्गणमा होस् या कक्षामा पढाई भइरहेकै अवस्थामा पनि बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । अहिले निजी तथा ग्रामिण भेगका सामुदायिक बिद्यालयहरुमा समेत मोवाइल बोक्ने बिद्यार्थीहरु देखा पर्न थालेका छन् । कक्षाकोठाभित्र मोवाइल प्रयोग हुन नदिन धेरै हदसम्म नियन्त्रण भएको शिक्षकहरुले बताइरहेपनि यसतर्फ ठोस पहल भएको देखिन्न । कम्तीमा कक्षाकोठाभित्र यस्तो काममा रोक लगाउनुपर्ने आवश्यक्ता रहेको छ । 
    संचार सम्पर्कमा रहनु सकारात्मक भएपनि मोवाइल बोकेर कक्षाकोठासम्म जानु अध्ययन, अध्यापनमा बाधा पु¥याउनु बाहेक केहि पनि होइन् । तसर्थ     मोवाइल प्रयोग गर्न दिन नहुनेमा अभिभावक नै सचेत नभएकोले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।