प्रदेश २ को नाम मधेश, जानकी की मिथिला, भोजपुरा !

Thursday, August 22, 2019

दैनिक समाचारदाता
जनकपुरधाम, ५ भदौं । 
    प्रदेश नं. २ को संसदमा प्रदेशको नाम र राजधानीबारे विभिन्न दलहरुले प्रस्ताव दर्ता गर्ने क्रम रहेको छ ।
    सत्तारुढ दल समाजवादी पार्र्टीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको छ ।
    त्यस्तै अर्का सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम मधेश र राजधानी धनुषादेखी महोत्तरीसम्म राख्ने निर्णय गरेको छ । 
    यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेश नं. २ को नाम जानकी राख्ने निर्णय गर्दै प्रदेश राजधानी बृहत्तर जनकपुर क्षेत्र राख्ने संसदमा प्रस्ताव समेत दर्ता गरेको छ ।  
    त्यस्तै नेपाली काँग्रेसले प्रदेशको नाम मिथिला, भोजपुरा र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको जनाइएको छ ।