क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन

Sunday, September 01, 2019

    महोत्तरी÷नेपाल क्रिकेट संघ प्रदेश २ को शनिबार सम्पन्न विशेष साधारणसभाले नयाँ समिति चयन गरेको छ । 
    महोत्तरीको बर्दिबासमा सम्पन्न विशेष साधारणसभाले हिरा भगतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । 
    चयन भएका समितिको उपाध्यक्षमा सुनिलकुमार महासेठ, सचिवमा अयुश श्रेष्ठ र कोषाध्यक्षमा पवनकुमार गुप्ता रहेका छन् ।
    त्यस्तै सदस्यमा सप्तरीका सतिशकुमार सिंह, पर्साका डा. हरिशंकर प्रसाद साह र मुर्तुजा हवारी, सिरहाका अनिलकुमार शर्मा, महोत्तरीका अनिलकुमार साह र रोशन कुमार सिंह, सर्लाहीका निरज कार्की, धनुषाका आकाश पाण्डे, बाराका सुभाष जयसवाल चयन भएका छन् ।