प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ

Sunday, September 08, 2019

दैनिक समाचारदाता
धनुषा, २२ भदौं । 
    प्रदेश नं. २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादव र नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
    आइतबार आयोजित एक समारोहमा उनीहरुलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् । 
    नवनियुक्त डा. यादव सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा कार्यरत थिए भने डा. झा  त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक थिए । 
    मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।
    त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ । यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काङ्ग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।