सर्पको टोकाईबाट महिलाको मृत्यु

Monday, September 09, 2019

दैनिक समाचारदाता
राजविराज, २३ भदौं । 
    सप्तरीको महदेवा गाउँपालिकामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ  । 
    घर नजिकको पोखरी डिलमा घाँस काट्ने क्रममा बिषालु सर्पको टोकाइबाट स्थानीय बलथी निवासी ५५ बर्षिया सुर्यमनी देवी यादवको मृत्यु भएको हो । 
    सर्पले टोके लगतै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेपनि उपचार सम्भव नभएकाले थप उपचारको लागि धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिदै गर्दा बाटोमै मृत्यु भएको उनका नाति संजिव यादवले जानकारी दिएका छन् ।