भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद

Wednesday, September 18, 2019

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा प्रहरीले छापामारी सोमबार ठूलो परिमाणमा पहेलो मटर बरामद गरेको छ । 
    भारततर्फ भन्सार छलेर निकासी गर्न भण्डारण गरि राखिएको एक हजार ७ सय ५० किलो पहेलो मटर स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा छापामारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका प्रहरीले तिलाठी भन्सार कार्यालयमा बुझाएको जनाएको छ । यता विनोद र हरि फरार रहेको प्रहरीले जनाएको छ ।