४७ जना अग्निपीडितलाई राहत स्वरुप नगद प्रदान

Thursday, October 03, 2019

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
    राजविराज वडा नं. ९ मलेठका अग्निपीडितहरुलाई बिहीबार एक कार्यक्रमबीच राहत स्वरुप नगद बितरण गरिएको छ । 
    वडा कार्यालयमा बिहीबर आयोजित एक कार्यक्रमबीच गत वर्ष आगलागिबाट क्षति भएका ४७ जना अग्निपीडितहरुलाई नगद ५ हजार १ सय बितरण गरिएको हो ।
    वडा अध्यक्ष शम्भुप्रसाद यादव लालीको अध्यक्षता तथा राजविराज नगरपालिकाका प्रमुख शम्ु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय बादेर यादव, मो. इजराइल, शिवशंकर यादव, लक्ष्मण यादव, खटर यादव, संजिव कुमार यादवलगायत ४७ जनालाई विपद कोषको रकमबाट सो राहत बितरण गरिएको हो ।
    आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका उमेश यादव, पत्रकार अमरनाथ मण्डल तथा अन्य वडाका अध्यक्ष, सदस्य एवं स्थानियहरुको उपस्थिति रहेको थियो ।