६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव

Sunday, November 10, 2019

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र नारायण देवले संसदीय क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त रकम मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि दिइने भनिएको ६ करोड रकम कसैको व्यक्तिगत निर्णय नभई संयुक्त निर्णय भएको स्पष्ट पारेका छन् । 
    अघिल्लो दिन उपप्रधानमन्त्री एवं जनसंख्या तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संसदीय विकास कोषबाट इन्जिनियरिङ्ग कार्यक्रमका लागि ६ करोड रकम दिने घोषणा गरेका थिए । 
    इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि ६ करोड रकम बिनियोजित हुनु धेरै खुशीको कुरा भए पनि उपप्रधान मन्त्री यादवले आफ्नो व्यक्तिगत कोषबाट मात्र सो रकम दिइएको भनी समाजवादी पार्टीका केही नेताले प्रचार गर्नु घोर आपत्तिजनक भएको भन्दै उनले आइतबार एक प्रेस विज्ञप्तिमार्फत असन्तुष्टि समेत व्यक्त गरेका छन् । 
    उक्त कोषबाट आफू र अर्का संघीय सांसद दुलारी देवी खंगको कोषबाट समेत बिनियोजित रकमबाट सामूहिक निर्णय गरि रकम दिने निर्णय भएको उनले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् । 
    उनले विज्ञप्ति मार्फत उक्त झुठो प्रचारबाजीको घोर निन्दा गर्दै गहिरो खेद समेत प्रकट गरेका छन् ।