प्रदेश २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवास

Friday, November 15, 2019

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    प्रदेश नं. २ क्रिकेट बिकास समितिको शुक्रबार बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । 
    सम्पन्न बैकठले प्रदेश नं. २ क्रिकेट बिकास समितिको कार्यालय बर्दिवासमा हाललाई कायम गर्ने निर्णय गरेको छ भने नेपाली टोलीका पुर्व पहिलो कप्तान उत्तम कर्मचार्यलाई सल्लाहकारमा चयन समेत गरेको छ ।
    बैठकले प्रदेश नं. २ बाट निर्वाचित कोषाध्यक्ष लगायत सदस्यद्धय माधव कर्मचार्य र दाउद इब्राहिमसहित नेपाल क्रिकेट संघको केन्द्रिय चुनावमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सवैलाई बधाई तथा कार्यकालको शुभकामना दिईने निर्णय गरिएको छ । 
    बैठकले सदस्य मुर्तुजा हवारीको संयोजकत्वमा सुभाष जयसवाल, अनिल शर्मा र सुनिल साह रहने गरि प्राबिधिक तथा छनौट समिति गठन, समितिका उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्य निरज कार्कि रहने गरि प्रतियोगिता समन्वय समिति, समितिका कोषाध्यक्ष पवन गुप्ताको संयोजकत्वमा सदस्यद्धय सुभाष जयसवाल र आकाश पाण्डेय रहने गरि आर्थिक समिति लगायत निर्माण गरेको छ । 
    यसैगरि बैठकले समितिद्धारा जिल्ला संघलाई जनवरी २०२० भित्र जिल्ला स्तरीय क्रिकेट तथा बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न निर्देशन समेत दिइएको छ । 
    बैठकले सचिव आयुश श्रेष्ठलाई प्रवक्ता चयन गरको छ भने अम्पाएर तथा स्कोररको बिवरण ल्याउन धिरज पौडेल र मेहवुव रेजाराईनलाई मनोनयन गर्दै प्रदेश नं. २ मा आयोजना हुने व्यवसायिक क्रिकेटको स्वीकृति वापत रकम रु. ५० हजार लिने निर्णयसंगै समितिका अध्यक्षको संयोजकत्वमा अनुशासन समिति चयन तथा भएका निर्णयहरुको म्याद १ बर्ष राखिएको जानकारी प्रदेश बिकास समितिका सचिव आयुश श्रेष्ठले जानकारी दिए ।