विपद्बाट जोगिन अहिले देखी नै सचेत रहौं

Saturday, November 23, 2019

    विपद्बाट सप्तरीमा प्रत्येक वर्ष निकै मात्रामा धनको क्षति हुने गरेको छ । चाहे त्यो बाढी होस् वा आगलागि । बाढीबाट हुने क्षति न्युनिकरणकालागि जिल्लामा विपद् व्यवस्थापन समितिले बाढी पूर्व तयारी समेत गर्ने गरेको छ । यद्दपी बाढीबाट क्षति ठूलै मात्रामा हुनेगर्दछ । यता आगलागि भनेको प्राकृतिक प्रकोप पनि हो तर, मानविय त्रृटीले पनि सो घटना बढी हुने गरेको पाइएको छ । यसका लागि दैविक प्रकोप समितिले कुनै तयारी गरेको देखिन्न् । 
    फागुनदेखी बैशाख महिनासम्म हावाहुरी आउने प्रवल सम्भावना हुन्छ । यस समयमा जिल्लावासी निकै सचेत हुनुपर्ने आवश्यकता रहेको छ । हुन त यस जिल्लामा अन्य महिना फाटफुट आगलागि हुने गरेको पाइन्छ । तर, गर्मी र हावाहुरीको महिनामा बढी आगलागि हुने गरेको छ । यस्ता घटनालाई न्यूनिकरण गर्नका लागि स्थानिय प्रशासन समेतले पूर्वतयारी तर्फ उनमूख हुनुपर्दछ । दैवी प्रकोपले यस्ता घटना हुने भएपनि यसका लागि सबै भन्दा उत्तम उपाय हो जनचेतना । जनचेतना फैलाउन सकियो भने आगलागि बाहेक अन्य दैबी प्रकोपका घटनाहरुबाट हुने क्षति समेत न्यून गर्न सकिन्छ । 
    तसर्थ समय अगावै सम्बन्धित निकाय, सरोकारवाला, विभिन्न संघसंस्था लगायतले जनचेतना फैलाएर आगलागिका घटनाहरुलाई न्यून गर्न सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।