अन्य लागु पदार्थ समेतलाई नियन्त्रण गर्नु आवश्यक

Saturday, November 23, 2019

    सप्तरी प्रहरीले अहिले लागु औषधको रुपमा प्रयोग गरिने गाँजाका बोटहरु फडान गर्ने चलाएको अभियान  सहनिय रहेको छ । लागु औषध सेवनकर्ता बढीरहेको अवस्थामा यस्ता अभियानले उनीहरुलाई निरुत्साहित गर्नेदेखी लिएर त्यस्ता लागु औषध उत्पादन गर्ने कार्यसमेतलाई निरुत्साहित गरेको छ । सप्तरीको विभिन्न स्थानहरुमा अहिले गाँजा खेती गर्नेहरु निकै बढेका छन् । प्रहरीले घर घरमै पसेर गाँजाका बोटहरु नष्ट गर्न थालेपछि थोरै भएपनि लागु पदार्थका व्यवसायीहरु निरुत्साहित हुनु स्वभाविक हो । 
    सस्तो र कुनै पनि स्थानमा पाइने भएकाले गाँजा सेवनकर्ता बढेको हो । हुन त गाँजा उत्पादन गरि सेवन गर्ने अवस्थासम्म महिनौं लाग्दछ । सोही कारण गाँजाका खेती लुकीछिपी गर्ने गरेको पाइन्छ । अहिले गाँजा घरको करेसाबारी समेतमा रापिने कारणले गर्दा प्रहरीले सुरुमा गोप्य सूचना प्राप्त गर्छ अनि फडान गर्ने गरेको छ । गाँजा बाहेक अन्य लागु पदार्थहरुका कारणले समेत यूवाहरु अहिले दुव्र्यसनीमा फसिरहेका छन् । बजारमा पाइने विभिन्न खाले औषधीलाई समेत लागु पदार्थको रुपमा सेवनकर्ताले प्रयोग गरेको पाइएको छ । यस्ता कुरामा पनि प्रहरीले निगरानी बढाएर लागु पदार्थ सेवनकर्तालाई त्यस्ता कुलतबाट निकाल्न अभियान समेत चलाउनु पर्ने देखिन्छ । 
    तसर्थ प्रहरीले गाँजालाई मात्र नभएर अन्य लागु पदार्थहरुलाई पनि नियन्त्रण गर्न अभियान चलाउनु पर्ने आवश्यकता रहेको छ । जसमा स्थानियहरुले समेत सो अभियानमा सहयोग गर्नु पर्ने जरुरी छ ।