खुल्ला दिसा मुक्त घोषणा भएपनि खुल्लामै शौच, निकाय मौन

Saturday, November 23, 2019

    सिंगो नेपाल खुल्ला दिसा मुक्त घोषणा भइसकेको अवस्था छ । यता सप्तरी पनि डेढ वर्ष अघि नै खुल्ल दिसा मुक्त भइसकेको छ । तर, अहिले पनि खुल्ला स्थानमै शौच गरिनेको संख्यामा कमी आएको देखिदैन् । खुल्ला दिसा मुक्त भनेको एउटा निश्चित् स्थानमा निर्माण भएको शौचालयमा शौच गर्नु हो । तर, यस्तो अवस्था जिल्लामा कमै मात्रामा देखिन्छ । खुल्ला दिसा मुक्त घोषणा अघि चर्पीमै दिसा पिसाब गर्न बानी बसाले पनि अहिले पुनः बाहिरै दिसा पिसाब गर्नेहरु देखिन थालिएको छ । 
    यस बाहेक सोही समयमा पूर्ण सरसफाई कार्यक्रम लागु गर्नुपर्ने हो तर, हालसम्म त्यसतर्फ ध्यान पुगेको देखिदैन् । चर्पी बाहिर दिसा पिसाब गर्नेको संख्या बढ्दै गएकोमा खुल्ला स्थान पुनः दुर्गन्धित हुनपुगेको छ । स्थानीयहरुलाई चर्पीमा दिसा पिसाब गर्ने बानी त बसालिए तर, त्यसलाई कसरी सरसफाई गर्ने बारे जानकारी दिन सकिएको छैन् । सरसफाई चर्पीको मात्र नभएर आफ्नो घरवरीपरी पनि सरसफाई गर्न सिकाइए मात्र कार्यक्रमको उपलब्धि मान्न सकिन्छ । 
    तसर्थ खुल्ला स्थानमा शौच नगर्न सचेतना फैलाउनु पर्ने आवश्यकता त छदैछ त्यसमा पनि पूर्ण सरसफाई कार्यान्वयका लागि सम्बन्धीत निकायको ध्यान पुग्नु पनि उत्तिकै आवश्यकता रहेको छ ।