तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

Monday, December 23, 2019

दैनिक समाचारदाता
सिरहा, ७ पुस ।
    जिल्ला प्रहरी कार्यालय सिरहाले तीस वर्ष सजाय पाएर फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । 
    प्रहरीले सिरहा नगरपालिका वडा नं. २० लगडिगदियानी निवासी ६८ वर्षिय हिरवा सहनीलाई पक्राउ गरेको हो । 
    प्रहरीले पक्राउ गरेको सहनीलाई जिल्ला अदालत सिरहामा बुझाई कैद भुक्तानको लागी जिल्ला कारागार सिरहा चलान गरेको जनाएको छ । 
    प्रहरीका अनुसार सिरहाको अर्नमा गाँउपालिका ५ बस्ने जगदेव यादवको जाहेरीको आधारमा २०४४ पुस १३ गते जिल्ला सिरहा गाविस कृष्णपुर वडा नं. ८ साविक भई हाल अर्नमा गाँउपालिका ५ स्थित घरमा जाहेरवालाको छोरा रामनाथ यादव र राम चन्द्र यादवलाई गोली हानी हत्या गरेका थियो । 
    सोही मुद्दा र २०४४ पुस १७ गते सन्हैठा गाविस वडा नं. २ साविक भई हाल सिरहा नगरपालिका १९ स्थित गागन खोलामा ५÷६ महिनाकी जाहेरवालाको नातिनीलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले २०६० माघ २८ गतेको १० बर्ष र २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय गरेको थियो ।