फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु 

Sunday, December 29, 2019

मनिला, १३ पुस (रासस÷एएफपी) ।
    फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजाराँै व्यक्ति अझै पनि शरणार्थीस्थलमा रहेका जनाइएको छ । 
    राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराइरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो । 
    प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन् । त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो ।  
    खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो । फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा सात हजार ३०० जनाको मृत्यु भएको थियो ।